काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माघ १ गते माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई माओवादी केन्द्रमा स्वागत गरेका हुन । उज्ववल पुर्व राष्ट्रिय सभा सदस्य पनि हुन ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटन पछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका हुन।प्रचण्डले पार्टीको प्रशिक्षणलाई करिब ४० मिनेट मात्रै समय दिएर काठमाडौंँ फर्किएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी जेल परेपछि पूर्वराष्ट्रियसभा सदस्य समेत रहेका खड्का माओवादीमै फर्किएका हुन् ।
सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गरेको कार्यक्रमलाई सम्बोधन गर्न आएका माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले खड्कालाई पार्टी प्रवेश गराएका हुन् ।
आफूसँगै एमालेमा रहेका खड्कालाई रायमाझीले पाटीको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेवारीमा राखेका थिए । पार्टी एकताअघि माओवादीमा युद्धकाल देखि नै लामो समय जिल्ला सेक्रेटरी हुँदै इन्चार्ज रहेका खड्का नेकपा विभाजन भएपछि रायमाझीसँगै एमालेमा लागेका थिए ।
