गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपील

२९ पुष २०८०, आईतवार १२:४८

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभानिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपील गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गर्दै सो निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग लेखकले भने, ‘राष्ट्रिय सभानिर्वाचनमा गठबन्धन दलका उम्मेदवार सबैको साझाउम्मेदवार हुन र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ ।’

संयुक्तअपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीकाअध्यक्ष माधव कुमार नेपाल, जसपाअध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपाअध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्वथप सुनिश्चित गर्ने अवसर पनिभएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिनआवश्यक रहेको संयुक्त अपीलमा उल्लेख गरेका छन् । आगामी माघ ११ मा १९ वटा रित्त पदका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।