आज ६ सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

२९ पुष २०८०, आईतवार ११:२४

काठमाण्डौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि भाउ बढेको छ ।

शुक्रवार तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।