चिसो बढेकाले तीनदिनका लागि विद्यालय बन्द

२५ पुष २०७४, मंगलवार ०८:५५

पुस २५. काठमाडौं ।

अत्याधिक चिसो र शीतलहरका कारण कञ्चनपुरका सामुदायिक विद्यालय सोमबारदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले जिल्लाका सबै सामुदायिक विद्यालयमा यही पुस २४, २५, र २६ गते बिदा दिने निर्णय गरेको हो ।

“अत्याधिक चिसोसँगै शीतलहर चल्न थालेपछि बालबालिकालाई विद्यालयमा पढाउनसमेत अप्ठेरो हुन थालेकाले विद्यालय बिदामा मिलान हुने गरि तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेका छौँ”, जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले भने ।
विद्यालयमै आगो बालेर पढाउनु पर्ने अवस्था आएकाले बिदा दिनु परेको उनले बताए ।