अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जान सक्नुपर्छ : महानिरीक्षक कुँवर

२७ पुष २०८०, शुक्रबार १६:१६

काठमाडौं । प्रहरी महानिरीक्षकबसन्तबहादुर कुँवरले सकारात्मकमनोवृत्तिका साथनागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहजहुने बताएका छन् ।

‘म बद्लिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्वोधनगर्दै प्रहरी महानिरीक्षककुँवरले उक्तविचार व्यक्त गरेका हुन् । कुँवरले यस अभियानले स्वभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।

अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जाननसकेको कारणले सबै किसिमको समस्याआउने गरेकोले युवावर्गले त्यसप्रतिविशेष चासो दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकाउपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमकाप्रवन्धक हरि ढकालले आफ्नो धारणा राखे । नक्सालस्थित नारायण चौरबाट फोहोर संकलनगर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मुल गेट, केशर महल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्नभएको थियो ।

दौडमा प्रथमहुनेलाई ५० हजार रूपैयाँ, द्वितीयहुनेलाई २५ हजार रूपैयाँ, तृतीयहुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो । दौड अभियानमा नेपालप्रहरीका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायत विभिन्न महानुभावहरूको सहभागिता रहेको थियो ।