आर्सनल एफए कपबाट बाहिरियो

२५ पुष २०७४, मंगलवार ०८:२७

पुस २५, काठमाडौं ।
एफए कपमा १३ पटकको विजेता आर्सनल नटिङह्याम फरेस्सँग पराजित हुँदै प्रतियोगीताबातट बाहिरिएको छ । आर्सनल नटिङह्यामसँग ४–२ ले परजित भएकोे हो ।
घरेलु टोलीका ऐरिक लिचाजले पहिलो हाफमा दुई गोल गरे भने आर्सनलका पर मर्टिस्याकरले १ गोल गर्दा स्कोर २–१ भएको थियो । दोश्रो हाफमा नटिङह्यामले दुई पेनाल्टी पाउँदै तीनलाई परिणत गरेको थियो ।

७९ औँ मिनेटमा ड्यानि वेल्ब्याकले आर्सनलका लागि एक गोल पर्काए पनि सो पर्याप्त हुन सकेन ।
यस पराजयसँग एफए कप सर्वाधिक १३ पटक जितेको आर्सनल तेस्रो चरणबाट बाहिरियो । त्यस्तै अर्काे बलियो टोली टोटनह्याम भने सहज जितका साथ चौथो चरणमा चरणमा प्रवेश गरेको छ ।