सेयर बजारमा लगातार सुधार, नेप्से परिसूचक ९.५० अंकले बढ्यो

२५ पुष २०८०, बुधबार १६:२०

काठमाडौं । सेयर बजारमा लगातार सुधारको क्रमबुधबार पनि जारी रह्यो ।नेप्से परिसूचक ९.५० अंक बढेको छ । आज ०.४५ प्रतिशतले बढेर नेप्से २०८९.६२ को विन्दुमापुगेको छ ।

बुधबार एक करोड ३४ लाख७७हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमाकिनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज३०१ कम्पनीको कारोबार भएकोमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।तर, पाँचकम्पनीको सेयर मूल्यमा सर्किट स्तरमा कारोबार भएको नेप्सेले जनाएको छ।

१३ मध्ये ६ उपसमूहको समूहगत सूचक बढेको छ ।
आजमनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाललाइफइन्स्योरेन्स, ज्ञादी ग्रुपअफपावर, हाथवे इन्भेस्टमेन्ट लगायत अगाडि छन् । सोनापुरको ३२ करोड ७८ लाख र रिलायबललाइफको २८ करोड ८७लाखको सेयर कारोबार भएको छ ।