अभिनेत्री मिरूना फिल्म गाउँ नै रमाइलोमा अनुबन्धित

२३ पुष २०८०, सोमबार १२:२६

काठमाडौं । अभिनेत्री मिरूना मगर दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म गाउँ नै रमाइलो मा अनुबन्धित भएकी छन्।

निर्माता हिमाल कडरिया र अभिनेत्री मिरूनाबीच औपचारिक सम्झौता भइसकेको छ। यसअघि फिल्ममा अभिनेता आर्यन सिग्देल र दयाहाङ राई अनुबन्धित भइसकेका छन्। फिल्ममा मिरूना कसको जोडीको रूपमा देखिन लागेकी हुन् भन्ने अहिले खुलाइएको छैन।

यस्तै फिल्ममा बुद्धि तामाङको पनि अनुबन्धित भएका छन्। फिल्ममा अन्य मुख्य कलाकार छनोट गर्न बाँकी रहेको निर्माता हिमालले जानकारी दिएका छन्।

फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ।