आज पनि ७०० ले घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

२३ पुष २०८०, सोमबार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन पनि प्रतितोला सात सय रुपैयाँले नै घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेर सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ कायम छ ।