संचित बज्राचार्य इन्स्योरेन्सको सिइओमा पुनः नियुक्त

२२ पुष २०८०, आईतवार ११:१५

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः संचित बज्राचार्य नियुक्त भएका छन् । कम्पनीको ४३० औ संचालक समितिको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।

२०८० माघ १ देखि लागु हुने गरि ४ वर्षको लागि बज्राचार्य सिइओ नियुक्त भएका हुन् । बीमा ऐन २०७९ को दफा ५७ (१) बमोजिम उनलाई सिइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।