आज विदेशी मुद्राको विनिमय दर कति कारोबार हुदै ?

१७ पुष २०८०, मंगलवार ०८:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।