प्युठानको बड्डाडामा विङ्गर गाडी दुर्घटना

११ पुष २०८०, बुधबार १६:०१

काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ ।

जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी, प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरूलाई एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।