काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
बुधबार सुनको मूल्य मंगलबार (हिजो) को तुलनामा २०० रुपैयाँले बढेको छ। यो सँगै प्रतितोला छापावाल सुनको मुल्य १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतिऔंस २ हजार ६६ डलर रहेको छ ।
