काठमाडौं, ११ पुष । साताको चौंथो कारोबार दिन बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.८१ विन्दुले बढेको छ ।
यस सँगै नेप्से सूचक २०८९.८८ अंकमा आएको छ । यस सेसनमा ३४ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ६२ कम्पनीको १२ हजार ३८ कित्ता सेयर कारोबार भएको छ । जसमा ३० कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।
यो सेसनमा कुल १ सय ६९ वटा कारोबार भएको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
