हिमालयन रिइन्स्योरेन्सको सेयर ,आवेदक मध्ये १५ लाख ६४ हजार पाँच सय ६४ जनाले प्राप्त गरे

११ पुष २०८०, बुधबार ११:१२

काठमाडौं, ११ पुष । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ ।

आइपिओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान १० बजे एक कार्यक्रमबीच आइपिओ बाँडफाँड गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँमा मंसिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो । करिब १.३ गुणाले ओभर सब्स्क्राइब्ड आइपिओमा साढे १५ लाख बढीले जनाले आवेदन दिएका थिए ।

आवेदक मध्ये १५ लाख ६४ हजार पाँच सय ६४ जनाले सेयर प्राप्त गरेका छन् । ३० कित्तासम्म आवेदन दिएका सबैले मागे जति नै कित्ता सेयर पाएका छन् भने सो भन्दा बढी सेयर माग गरेका २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

आइपिओको नतिजा केही समयपछि हेर्न सकिनेछ । नतिजा बिक्री प्रबन्धकको वेबसाईट, सिडिएससीको आइपिओ नतिजा हेर्ने वेबसाईट तथा मेरो सेयर एप मार्फत पनि हेर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । यस हिसाबले आवेदक सबैलाई कम्तिमा १० कित्ता सेयर भने पर्नेछ । हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाट अनुमति प्राप्त गरेको थियो ।

वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता बाहेकको बाकीँ सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीको २०७८र७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ १०३.०७ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म हुनेछ ।

कम्पनीको नेटवर्थ २०७९.८० मा १०३.०७ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८.८१ मा ११०.९२ र २०८१.८२ मा १४९.७१ रहेको छ । कम्पनीको २०७९.८०को प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०.८१ मा १०.२६ र २०८१.८२ मा १५.५२ रुपैयाँ रहेको छ ।