मेडिकेयर हस्पिटलले आईपीओ निष्कासन गर्ने

६ पुष २०८०, शुक्रबार १३:००

काठमाडौं, ६ पुष । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने २६ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा अकामा होटल धुम्बाराहीमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ४८.८० प्रतिशत बोनस सेयर र १४.३४ प्रतिशत नगद लाभांश गरि कुल ६३.१५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले उक्त बोनस पछि १२ प्रतिशत हकप्रद निष्कासन गर्ने पस्ताव पनि गरेको छ । उक्त बोनस र हकप्रदपछि कायम हुने पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।