आज सुनको मूल्य आठ सयले बढ्यो, कारोेबार कतिमा ?

६ पुष २०८०, शुक्रबार १२:२०

काठमाडौं, ६ पुष । साताको छैटौं दिन सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनमा आठ र चाँदीमा पाँच रुपैयाँले बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलाको १ हजार ४८५ रुपैयाँ कायम भएको महाशाखाले जनाएको छ।

बिहीबार छापावाल सुन १ लाख १९ हजार, तेजाबी सुन १ लाख १८ हजार ४५० र चाँदी १ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।