राती शौचालय जादाँ किन हर्टफेल हुन्छ ? थाहा पाउनुहोस्

५ पुष २०८०, बिहीबार ११:१५

राती फेरी एकजनाको निधन ? किन यस्तो हुन्छ ? हिजो सांझमात्र उसंग कुरा गरेको, राती अचानक निधन भएछ । किन त्यस्तो भयो होला ?” हजुरलाई थाहा नहुन सक्छ ।

यस विषयमा चिकित्सकको भनाई जो व्यक्ति राती घरको निरिक्षण वा पिशाव गर्न जुरुक्क उठेर हिड्छ, त्यस्तो व्यक्तिलाई हार्टफेल हुन सक्छ । कारण यो हो कि जब राती तपाई शौचालय जानु हुन्छ तपाईलाई हतार भएको हुन्छ ।

जुरुक्क उठेर हत्तपत्त शौचालय तिर दौडिदा, सुत्दाखेरी तपाईको शरीरभर फिंजिएको रगत जुरुक्क उठेर उभिंदा, छातिभन्दा तलतिर एकैचोटी झर्छ अर्थात ई।सि। जी। को पैटर्न बदलिन्छ । त्यसो हुंदा ब्रेन एनिमिया अर्थात मस्तिकमा एकदम रगतको कमी हुनजान्छ । यही रगतको कमीले हर्टफेल अर्थात मुटुको धड्कन बन्द हुनजान्छ र मानिसको निधन समेत हुनसक्छ ।

यसको रोकथामको लागिः
१. जस्तोसुकै आतुर परेपनि १.५ मिनेट जति बिउंझेर बिछौनामा नै पल्टिरहने ।
२. त्यसपछि अर्को १ मिनेट उठेर बिछौनामा नै बस्ने ।
३. अनि अर्को ३० सेकेण्ड बिछौनाबाट खुट्टा झारेर बिछ्यौनाको छेउमा बस्ने ।
त्यसपछि मस्तिष्कमा राम्ररी रगत सञ्चालन हुनगई मुटुको कमजोरी हट्दछ र अचानक मृत्युको खतराबाट बच्न सकिन्छ ।

यो कुरा आफ्नो परिवार, साथीभाई तथा प्रीयजनहरुलाई पनि शेयर गर्नु होला ।  सामाजिक सञ्जालबाट साभार