काठमाडौं, ४ पुष । अराजकतावाद भनेको राम्रोसंग तालिम पुरा नहुदै छोडिदिएको लगाम बिनाको घोडा जस्तै हो।
अराजकतावदको बिशेषता भनेको कुनैपनी घटनाको पछाडी खोज,अनुसन्धान, जाचबुझ र प्रमण बिना हचुवामा बिरोध र हचुमा समर्थनमा लहलहैमा अन्जाननै दौडनु हो।
अराजकतावादीहरूले समाज यहासम्म आईपुग्नका पछाडी दशर्न शिध्दान्त बिचार र ईतिहास केहिपनी बुझ्न आवस्यक ठान्दैन । त्याग, बलिदान, रगत पसिनावाट प्राप्त परिवर्तन र परिवर्तनकामीहरूको सम्मान गर्न जान्दैन्। आरजकताबादीहरूले नत भुतो नत भबिस्य वारे कुनै सरोकार राख्खैन् ।
अराजकताबादी मनोबृत्ती भएकाहरूको सोच एकाङ्की हुन्छ । लेकमा ग्वालाले चराउन लगेको भेडाहरू मध्य अगाडीको कुनै एउटा भेडो भुलबस भिरमा चिप्लिएर लड्यो वा अन्जानमा भिरमा हामफाल्यो भने पछाडीका भेडाहरू बिना सुजबुझ भटाभट हाम्फाल्ने गर्छन् ।
अराजकवादीहरूको लाक्षणिक गुण तस्तै हो । अज्ञानता,अन्जान,आबेक आक्रोश चेतना स्थाई होईन क्षणिक हुन्छ । अध्यन,अनुसन्धान, बिबेक बिचारको परिपक्वता अराजकताबादको डिस्नेरीमा पर्दैन।
अराजकतावादी सोचवाट समास्याहरूको स्थाई समाधान आउँछ भन्ठान्नु पनी मुर्खता हुन्छ । अराजकतावादीहरू आफुलाई कहिल्यै गल्ती नगर्ने भगबानकारूप ठान्छन् ।अरूलाई निरपेक्ष दोसी नै दोसी देख्ने अन्ध मनोदशामा उनियहरू नियत बसनै जकडीएका हुन्छन् ।
अराजकतावादले भौतिक चेतानावाट आबिस्कार बस्तुहरूको उपभोग जतिपनी गर्छ । त्यो बस्थु प्राप्ती पछाडीको ज्ञान, सीप, क्षमता मेहनत, पसिना, लगन, निस्टाको भौतीक उन्नत चेतना र लगानीको अवमुल्यन गर्छ।
अराजकताबादीहरू सारसंग्रहबादी हुन्छन् । बिरोधको नामामा यो पनी बिरोध त्यो पनि बिरोध समर्थनको योपनी समर्थन त्यो पनि समर्थन गोलमटोल न यस्को स्वाध न उस्को स्वाधको खिचडी जस्तो ।अराजकताबादीहरू भुलभुलैयामुखी यात्राले तयगर्ने भबिस्य अन्जान छ।अन्योल छ।
लहलहीमा छामछुम गर्दै हिड्न पर्ने यात्रालाई नयाँ भनेर अन्जनमा अध्यारो भबिस्यमा डुबाउने होडबाजीमा जनता र राष्ट्रलाई भ्रम छर्दै छन् ।
