काठमाडौं, ३ पुष । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ । त्यही अवसरमा प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न चाहेको बताउँदै आएका छन् । प्रचण्डले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए ।
‘एक वर्षपछि अर्को ढंगले काम गर्न चाहान्छु । प्रदेश र स्थानीय तहलाई बलियो बनाउनकालागि मैले फरक ढंगले काम गर्न लागेको छु,’ सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
