काठमाडौं, ३ पुष । मंगलबार स्थानीय काउली प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँ रहेको छ। ज्यापु काउली ३० देखि ४० रुपैयाँ मूल्य रहेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले अद्यावधिक गरेको मूल्य विवरणमा उल्लेख छ।
गोलभेडा ठूलोको प्रतिकिलो ६० देखि ७० रुपैयाँ रहेको छ। स्थानीय सानो गोलभेडा प्रतिकिलो १२ देखि १८ रुपैयाँसम्म रहेको छ।
सानो गोलभेडा टनेलको २० देखि २५ रुपैयाँ र तराईको सानो गोलभेडाको मूल्य पनि त्यति नै रहेको छ। रातो आलु प्रतिकिलो ३२ देखि ३५ र रातो आलु भारतीय २८ देखि ३० रुपैयाँ प्रतिकिलो रहेको छ।
सेतो आलुको आजको बजार भाउ भने प्रतिकिलो २६ देखि २८ रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याज प्रतिकिलो १४० देखि १४५ रुपैयाँ रहेको छ।
स्थानीय गाजर ४० देखि ५० रुपैयाँ र स्थानीय बन्दा ३० देखि ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। रातो मुला १५ देखि २० र सेतो मुला ९स्थानीय० ८ देखि १२ रुपैयाँ प्रतिकिलो रहेको छ। हाइब्रिड सेतो मुलाको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म रहेको छ।
