को हो त्यो ? कहिले आउँछ ?
खोजी रहेछ देशले
कुरि रहेछ नेपाली जनता
एक दिन आउनेछ सपना
बोकेर
त्यो भाग्यमानी बिधाता एक विश्वस्त नेता
भरिपुर्ण स्रोतसाधनको सहि
व्यवस्थापन गरेर प्रकृतिले दिएको छट्टा-भट्टा
सुन्दरताको प्रयोग गरेर
दुनियाँलाई विश्वास जितेर देश
निर्माणमा दत्तचित्त भएर
गलतलाई तिरस्कार सहिलाई
आत्मसम्मानको न्यायीक
शासक
त्यो भाग्यमानी नेता अवसरको
खोजीमा कुरिरहेछ जनता
सुन्दर शान्त विशाल नेपालमा
सुन्दर सपना बोकेर
सामाजिक न्यायीक शासन
स्थापित गर्न
आशा र भरोसाका सपना
लिएर
पक्कै एक दिन त्यो आउने छ
सक्षम र सफल एक नेता
अनि त बन्ने छ देश
पक्कै बन्ने नै छ हाम्रो नेपाल
