हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, आईपीओमा माग भन्दा बढीको आवेदन

२ पुष २०८०, सोमबार ११:३७

काठमाडौं, २ पुष । निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

हिजो पुस १ गते नै आईपीओ पुरै बिक्री भएसंगै कम्पनीले आज आईपीओ बिक्री बन्द गर्न लागेको हो । हिजो आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परिसकेको छ।

हिजो साँझ ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओमा १४ लाख ६० हजार १ सय १७ जना आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ ।