काठमाडौं, १ पुष । ६३ वर्ष अघि आजको दिन पौष १ गते राजा महेन्द्रले देशको माटो सुहाउँदो भनेर पन्चायती व्यवस्था ल्याएको दिन ।
जननिर्वाचित सरकार अपदस्त गरेको दिन । नेपालको राजनीतिक व्यवस्थामा एक आमुल परिवर्तन भएको दिन हो आज । त्यस बेला समय सापेक्ष थिएन होला तर अहिलेको अवस्था हेर्दा र बुझ्दा त कुनै पनि व्यवस्था आफैमा नराम्रो भन्ने हुदो रहेनछ ।
जुनसुकैमा पनि उद्देश्य लक्ष्य भनेको जनता समृद्धि बनाउन भन्ने केन्द्रित नै हुदो रहेछ । तर व्यवहारमा जो हर्ताकर्ता छन तिनको गलत रबैयाले व्यवस्था नै धरापमा पर्दोरहेछ । राज्य रजौटा देखि शाहि, राणा, प्रजातन्त्र, पन्चायत, बहुदलीय, निर्दलिय, गणतन्त्र सम्म आउदा हामीले सधै असक्षमताको दोष व्यवस्थालाई भन्यौं तर त्यहि हालीमुहाली गर्ने व्यक्तिलाई परिवर्तन पछि पनि विस्तारै हातेमालो गरेर हिड्यौ ।
अनि उहि संस्कार उहि संस्कृति उहि व्यवहार तर हामी जनता अपेक्षा गर्दछौं आमुल परिवर्तनको अनि कसरी हुन सक्दछ त ? मलाई लाग्दछ मेल नखाएको नै यहि निर हो । हिजो गलत थियो भने गलत गर्नेलाई कारवाहिको भागिदार नबनाएर किन झन पुरस्कृत सहित सहकार्य गरियो ? हो हामी कोमा कहिल्यै बिचारको राजनीति हुन सकेन र बिचारको आन्दोलनले गाइड गर्न सकेन ।
केवल भागबन्डाको राजनीति भयो, हिजोको दोषी र आजको गल्तीमा तै चुप मै चुप गरेर व्यवस्था परिवर्तनको कारण कसैले खोजेन । अनि दोष व्यक्तिलाई होइन व्यवस्थालाई दिइयो । त्यसैले नेपालको सन्दर्भमा विचारको हिसाबले पन्चायती व्यवस्था र नेतृत्व कर्ताको हिसाबले राजा महेन्द्र केहि हदसम्म सफल भएकै हुन तर दुर्भाग्य उनको नै छिटो निधन हुनु नेपालको लागि अभिषाप थियो ।
बरु असफल अरुहरु छन जसले व्यवस्था परिवर्तन पछिको आभास जनतालाई दिन सकेनन् । त्यो विस्तारै भोलिका दिनमा पनि इतिहासले विश्लेषण गर्ने नै छ । अहिलेलाई यति मात्रै (वसिबियालो सन्दर्भ) पन्चायती व्यवस्था र पौष १ गते को सम्झना ।
लेखकः सुरज पोखरेल

