काठमाडौं, ३० मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर कुरीलो एकैदिन १२०० रुपैयाँपुगेको छ ।सोहि कुरीलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो ।
समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार शनिबारसुकेको प्याजप्रतिकेजी न्यूनतम मूल्य१ सय ३५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामाआज प्याजको मूल्य प्रतिकेजी ५ रुपैयाँ घटेको छ ।
आजहरियो तरकारीको निर्धारित बजार मूल्यमा हिजोको तुलनामा भिण्डी,पाकेको फर्सी,हरियो प्याज,डल्लेच्याउ,भिण्डी,कुरिलोलगायतमा मूल्य ३० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेर आएको छ । शनिबारनेपाली ठूलोगोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ ।
यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु नेपाली ३४,सेतो आलु ३०,गाजर प्रतिकेजी ४०,बन्दा लोकल ३०, स्थानिय काउली २५,मूला रातो १५,सेतो मूला ८,भन्टा लाम्चो ४०,मकै बोडी ६०, मटरकोशा १२०,घिउ सिमी लोकल ७०,राजमा सिमी १२०,लौका ५०,परवल लोकल ७०,भिण्डी१२०, फर्सी पाकेको ३३,हरियो फर्सी लाम्चो४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
आजरायोको साग हिजोको तुलनामा प्रतिकेजी पाँच रुपैयाँले बढेर ३०,पालुंगो ११०,चमसुर ११०,तोरी ३०, हरियो प्याज ९०,च्याउ कन्य १६०, डल्ले च्याउ २८०,कुरीलो १२००, ब्रोकाउली ६० रुपैयाँ तोकिएको छ ।
शनिबार फलफूलमा फूजी स्याउको मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै,केरा १४०,कागती १२०,अनार ३५०,कालो अंगुर २५०,सुन्तला नेपाली १००,मौसम १४०,जुनार २००, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।
