
काठमाडौं, २९ मंसिर । साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। आज सेयर बजार परिसूचक नेप्से आज ६.५५ अंकले बढेर १९९४.६५ विन्दुमा पुगेको छ।
आज बैंकिङ, लगानी, जीवन बिमा, माइक्रोफाइनान्स र व्यापारबाहेक अरू समूहको सेयर बढेकोमा निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको सेयर उकालो लागेको छ।
यस दिन ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यसमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै, आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट लागेको छ भने समग्रमा बजार बढेको दिन गुराँस लघुवित्तको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ।
