आज पनि ७०० ले घट्यो सुनको मूल्य, कारोबार के कतिमा भयो त ?

२६ मंसिर २०८०, मंगलवार १७:१२

काठमाडौं, २६ मंसिर । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा ७०० रुपैयाँ घटेको हो ।

यो दिन सुनको भाउ प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन सोमबार प्रतितोला सुनको भाउ १ लाख १७ हजार रुपैयाँ थियो ।

यसैगरी,यो दिन तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य भने स्थिर छ ।

यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ। यो दिन सुनको भाउ प्रतिऔंस १ हजार ९८५ डलरमा कारोबार भइरहेको छ।

केही दिनअघिसम्म अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १०० डलर नजिक पुगेको थियो । त्यसपछि करेक्सनमा गएको सुनको मूल्य पछिल्लो समय भने ह्वात्तै घटेको हो । नेपाली बजारमा समेत सुनको भाउ अन्तरराष्ट्रिय बजारको भाउअनुसार घटबढ हुने गर्छ ।