चीनः एड्स महामारीको रहस्य खुलासा गर्ने डाक्टरको ९५ वर्षमा निधन

२६ मंसिर २०८०, मंगलवार ११:३६

काठमाडौं, २६ मंसिर । चीनकी एक स्त्री रोग विशेषज्ञ तथाएजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टर मध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ ।

डा. गाओको न्यूयोर्कमा आइतवार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन् ।

देशको ग्रामीण क्षेत्रमा एड्सको महामारीविरुद्ध अभियान फैलाएर निर्मूल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआईभी फैलाएको खुलासा गरेको गरेकी थिइन् । बीबीसीको रिपोर्ट अनुसार, रगत बेच्ने ग्रामीण चीनमा, विशेष गरी हेनान प्रान्तमा १९८० र १९९० को दशकमा एक रगत बेचेर एड्सका किटाणु फैलाउने व्यवसाय सामान्य जस्तै थियो ।

रगत दान गर्नेहरुले जीविकोपार्जनका लागि रगत बेच्ने गरीब किसान समुदायलाईएचआईभी पोजेटिव बिरामीहरूबाट रगत पनि दिने गरिएको तथ्य उनले सार्वजनिक गरेकी थिइन् ।

त्यतिबेला एड्सबारे चेतना धेरै थिएन। चिनियाँ अधिकारीहरूले एचआईभी यौन सम्पर्क वा गर्भावस्थामा आमाबाट बच्चामा मात्र सर्ने विश्वास गर्थे । डा. याओजीले एड्स रोगीलाई भेटे जो कुनै पनि श्रेणीमा परेनन् तर रक्तक्षेपण मार्फत रगत प्राप्त गरेका थिए।

वर्षौं पछि, २०१० मा याओजीले एड्स जस्ता रोगहरू फैलिने खतराको बाबजुद चीनमा अवैध रूपमा रगत बिक्री गर्ने अभ्यास भइरहेको दाबी गरेकी थिइन् ।

‘यो ठूलो छ। यो देशव्यापी छ, जताततै छ। मैले आफ्नै आँखाले सबै देखेको छु। रगत बिक्री अवैध छ। विगतमा यो खुला र सार्वजनिक थियो । अब, यो भूमिगत छ,उनको दावी थियो ।

गाओ याओजीले कसरी एड्स फैलाउन चिनियाँ अधिकारीहरूको उदासीनता उजागर गर्न सफल भएकी थिइन् ।