एनएमबी बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा कति प्रतिशत ब्याजदर दिदैछ ?

२५ मंसिर २०८०, सोमबार १३:२१

काठमाडौं, २५ मंसिर । एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्यजादर सार्वजनिक गरेको हो।

एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएको छ । एनएमबी बैंकले अब पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत सम्म्म ब्याज दिने भएको छ । जहाँ मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्यादर कायम गरेको थियो ।

एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको हो । त्यस्तै, पुस महिनाका लागि संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशत सम्म ब्याज दिने जनाएको छ । एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँँ ब्याजदर आज सोमबार अर्थात मंसिर २५ गतेदेखि नै लागू हुने जनाएको छ ।