
काठमाडौं, २५ मंसिर । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्यजादर सार्वजनिक गरेको हो । एनआईसी एसिया बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएको छ।
एनआईसी एसीयाँ बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । बैंकले न्युनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको व्याजदर सार्वजनिक गरेको छ । यस्तै संस्थागत मुद्दति निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।
