काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।
उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् । उनले २० गते नै राजीनामा बुझाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताए । “मैले २० गते राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन,” उनले भने, “तर कारण भने अहिले खुलाउँदिन ।”
