
काठमाडौं, २४ मंसिर । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छूटको अफर ल्याएको छ ।
प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छूट अफर पाउने भएका छन् । हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी १ बर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छूट अफर पाउने छन् ।
अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आईडी कार्ड देखाउनु पर्नेछ जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।
धुलिखेल आउनुअघि बनेपा नगरपालिका, भ्यू टावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौबाट झन्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्ष अघि मात्र स्थापना भएको यो रिसोट बुटिक स्टाईल ४ स्टार डिलक्स रिसोर्टका रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ ।
हस्पिटयालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिईरहेको भ्याली नजिकैको बस्नखान, सेमिनार, मिटिङ्ग, फिटनेस सेन्टर, स्वीमिङ्गपुल सहितको सुविधा सम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाईलो गन्तव्य स्थल बनेको छ ।
