काठमाडौं, २४ मंसिर । एसीसी यू–१९ एसिया कप अन्तर्गत आज दोस्रो खेल नेपाल अफगानिस्तानबीच चलिरहेको छ ।
उक्त खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले ७ ओभर सकिँदा ३५ रन दिएर ३ विकेट लिएको छ । नेपालका लागि गुल्सन झाले १ र हेमन्त धामीले २ विकेट लिएका छन् ।
यसअघि गुल्शन झाले नेपाललाई पहिलो ब्रेक थ्रु दिलाएका थिए । अफगानिस्तानले नेपालविरुद्ध आक्रामक सुरुवात गरेकोमा बलरहरुले ३ विकेट लिएर टीमलाई खेलमा फर्काएका छन् ।
