
काठमाडौं, २४ मंसिर । दुबईमा जारी यु–१९ एसिया कपमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानविरुद्ध पहिलो विकेट हात परेको छ ।
नेपाललाई पहिलो सफलता गुल्शन झाले दिलाएका हुन् । अफगानिस्तानको पहिलो विकेट खेलको दोस्रो ओभरको पाँचौ बलमा १७ रनको अवस्थामा गुमाएको हो । अफगानिस्तानका वाफिउल्लाह ताराखिल ब्यक्तिगत १५ रनमा गुल्शन झाको बलमा देव खनालबाट क्याच आउट भएका हुन्
