पूर्वमिस नेपाल श्रृंखला खतिवडालाई बधाईको ओइरो

२१ मंसिर २०८०, बिहीबार ०९:१०

काठमाडौं, २१ मंसिर । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले मंसिर २८ गते लगनगाँठो कस्दैछिन् । यतिबेला शृंखला र उनको परिवारलाई विवाहको तयारी गर्न भ्याइनभ्याइ छ । विवाहको खबर मिडियामा आएपछि उनलाई बधाईको ओइरो छ ।

केही दिनअघि पूर्वमिस नेपालहरुले नगरकोटमा भेला भएर श्रृंखलालाई विवाहको सामूहिक बधाई दिएका छन् । काव्या रिसोर्ट एण्ड स्पामा भेला भएर उनीहरुले श्रृंखलालाई बधाई दिए । एक दर्जन पूर्वमिस नेपालले श्रृंखलाको यो खुसीमा रमाइलो गरे ।

उक्त जमघटमा श्रृंखलासहित उषा खड्गी, प्रिया सिग्देल, जेनिशा मोक्तान, सदीक्षा श्रेष्ठ, अनुष्का श्रेष्ठ, नम्रता श्रेष्ठ, इभाना मानन्धर, मलिना जोशी उपस्थित थिए ।नगरकोटको उक्त रिसोर्टले पूर्वमिस नेपालहरुको यो जमघटको व्यवस्था मिलाएको थियो ।