काठमाडौं, १५ मंसिर । हिजो सामन्त, दलाल र नोकसाहहरूले जनतालाई सुचनाको हकबाट बन्चित गरेका थिए । निरंकुस राजतन्त्रात्मक साशनमा पुस्तौपुस्ता देखि जनताको मुख थुरेर राखेको कालो ईतिहास लाई नेपालीहरूले भुल्नु हुदैन।
नेपालमा पहिलो पटक सहि सुचनाको हकवाट प्रत्तेक नागरिक सु–सुचित होउन भन्ने माहान बिचारकासाथ संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान र कानुमा मात्र होईन भौतिकरूपमा नै माओवादीले नेतृत्व गरेको सरकारले जनताको हातहातमा ईन्टरनेट र मोवायल फोन लिने अवसर दिलाएको हो ।
लोकतन्त्रीक गणतन्त्रमा लेख्ने, बोल्ने, रचनात्मक सुझाव र आलोचना गर्ने अधिकार स्थापित गर्न बैचारिक र भौतिकरूपमा निर्णायक नेतृत्व गरेको तथ्य हो ।
आज केही मुठ्ठीभर परिवर्तन र गणतन्त्र मननपराउने बेवस्था बिरोधीहरूले आज सामाजिक सन्जाललाई समाजमा बिकृति,बिसंगति र अराजकता,अनुशासन हिनता फैलाउन माध्यम बनाएर सामजिक सन्जालको ठुलो दुरप्रयोग गरी फोहोर पारी रहेका छन् ।
राज्य सरकारले समाजमा जाल, झेल, सडयन्त्र,अश्सिलता,अस्थिरता र अराजकता फैलाएर समाजलाई भ्रमित र प्रदुसित पार्ने सामाग्रीहरूलाई नियमन र नियन्त्रण गर्ने विधि र कानुन सुदृढ गर्नु पर्छ। साईवर सुरक्षा आवस्यक प्रबिधि बिकाशमा लगानी गर्नु पर्छ । अश्सिलता र सामाजिक सद्भाव भड्काउने धार्मिक वा अरू अतिवादलाई प्रतिबन्ध लगाउन पर्छ ।
सामाजिक सन्जाल प्रयोग कर्ताहरूले समाजलाई कसरी उन्नतशिल कर्मशिल सभ्य,दक्ष बनाउने सकरात्मक सामाग्रीहरू पस्कने प्रयास गर्नु पर्छ ।सामाजिक सन्जालवाट प्रवाह गर्ने सामाग्रीहरूमा एक आपसमा सकरात्मक सोच बिकाश गर्न प्रेरणादाई होउन।
आलोचानाहरू, रचनात्मक सोच र उर्जा, बिकाशका लागी बनुन्। एक आपसमा अनुभबहरूको आदान प्रधान र परस्पर सहयोग र सदभाव पुग्ने होउन। परिवर्तन गणतन्त्रका उपलब्धीहरूको रक्षा, सुदृढ बिकाशमा टेवा पुग्ने होउन। समजप्रती उत्तरदाई र समाजवादी सोच बिकाशकालागी होउन। मर्यादित,अनुशासित, सु संस्कृत सभ्य,दक्ष र उन्नत समाज निर्माणका लागि होउन्। सबै प्रकारका नकरात्मक बिसंगती लाई निरूत्साहित गर्ने होउन्।
