काठमाडौं, १४ मंसिर । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु भएको छ। यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गरे।
यात्रामा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष, केन्द्रिय कमिटिका सदस्य, भूगोल कार्य क्षेत्र नभएका स्थायी कमिटीका सदस्य लगायतका हजारौं प्रतिनिधिहरु सामेल छन्।
झुलाघाटबाट हिँडेको यात्रा बिहिबार दिउँसो बैतडी गोठलापानी बजार पुग्ने बताइएको छ। गोठलापानीमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्भोधन गर्ने कार्य सूची रहेको छ।
एमालेले आज डडेलधुरासम्म यात्रा गर्ने एमाले बैतडीले जनाएको छ।देशको अधिकांश भू–भाग ओगटेको मध्यपहाडी क्षेत्रमा गरिने यो यात्राले राष्ट्रियस्तरमा संमृद्धिको सन्देश प्रवाह गर्ने एमालेको दाबी छ।


