आज विदेशी मुद्राको विनिमय दर कुन देशमा कति छ ?

१४ मंसिर २०८०, बिहीबार ०८:०५

काठमाडौं, १४ मंसिर । मंसिर १४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।