काठमाडौं, १३ मंसिर । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ घाँसी कुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ ।
उक्त बस दुर्घटनामा परी ३४ यात्रु घाईते भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना मध्ये मृत्यु भएका २ जनाको सनाखत हुन सकेको छैन ।
३४ जना घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको प्रशासनले जनाएको छ ।
धरानबाट पोखरातर्फ जाँदैगरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदै छ।
