रहेनन् डाक्टर पोख्रेल

२३ पुष २०७४, आईतवार ०७:२७

पुष २३, ललितपुर ।
पूर्वसभासद्साथै निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोख्रेलको निधन भएको छ ।

६७ वर्षीय पोखरेलको हृदयघातका कारण लतिलपुरको सानेपामा निधन भएको परिवारले जनाएको छ । उनी भिएस निकेतन स्कुलका सञ्चालक समेत थिए । पोख्रेलका श्रीमती र दुई छोरा रहेका छन् ।