मगरले खेती गर्न छाडेपछि उपसभामुख चिन्तामा

८ मंसिर २०८०, शुक्रबार १२:४३

काठमाडौं, ०८ मंसिर । उप–सभामुख इन्दिरा राना मगरले बालबालिकामा लगानी बढाउनुपर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दुई दिने आदिवासी प्राज्ञिक मगर सम्मेलनमा उन लेबालबालिका नै देशको भविष्य भएकोले उनीहरुलाई आर्थिक,सामाजिक,सांस्कृति सबै पक्षबाट लगानी गर्न आवश्यक भएको बताईन् ।

उनले बालबालिकालाई भाषा,धर्म,संस्कार,संस्कृति सबै कुरा बारे अहिलेबाटै सिकाउनुपर्ने भन्दै मगर प्राज्ञिक समूहलाई यस कुरालाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।

उपसभामुख रानाले भनिन्, ‘हामी ठूलाठूला विकासको कुरा गर्छौ तर,जो भोलिको हाम्रो भविष्य निर्माणका खम्बाहरु हुन् । ती हाम्रा भविष्यका पुस्तालाई विर्सियौं भने राम्रो हुँदैन । त्यसैले हाम्रा भाषा,धर्म,संस्कार र संस्कृति बारे साना बालबालिकालाई सिकाउनुपर्छ । आज हामीले उनीहरुमाथि लगानी गर्यौं भने सय वर्ष अगाडि जान्छ र त्यसको लेगेसी निरन्तर अगाडि बढ्छ ।’

उनले मगर समुदायले अर्गानिक खेतीपाती गर्दै आएको र हाल त्यसले निरन्तरता पाउन छाडेकोमा चिन्ता प्रकट गरिन ।

‘मगर समुदायमा पहिला कन्दमूल जस्ता अर्गानिक चिजहरु मात्र खाने प्रचलन थियो । अब त मगरहरुले खेती नै गर्न छाडिसके । क्यामिकलको लागि बजेट छुट्याउनु भन्दा हामीले जहाँ मगर गाउँ धेरै छ,त्यहाँको पुरानो मगर खाना र संस्कृतिको प्रमोट गर्नुपर्छ । जब खानै राम्रो खाएका छैनांै र सफा पानी पिएका छैनौं भने त्यो देशको सम्वृद्धि हुँदैन भन्ने ठान्छु म’रानाले भनिन् ।