केही ठाउँहरुबाट फाट्टफुट्ट रुपमा र्‍यालीहरु निस्कन थाले

७ मंसिर २०८०, बिहीबार १२:२२

काठमाडौं, ०७ मंसिर । नेकपा एमालेको भातृ संगठन युवा र अनेरास्ववियु तथा राजतन्त्र पुनःस्थापना गर्ने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले आज बिहीबार काठमाडौंमा छुट्टा–छुट्टै प्रदर्शन गरेका छन्।

यी दुई समूहको प्रदर्शनका लागि प्रशासनले छुट्टा–छुट्टै स्थान तोकेको छ। युवा संघले काठमाडौंको तीनकुने र प्रसाई समूहले बल्खुमा प्रदर्शन गर्ने भनिएको छ। त्यसका लागि विभिन्न ठाउँहरुबाट दुवै समूहले र्‍याली निकाल्न सुरु गरेका छन्।

कतिपय ठाउँहरुमा सुरक्षाकर्मीहरु मात्रै उपस्थित भएको देखिन्छ भने केही ठाउँहरुबाट फाट्टफुट्ट रुपमा र्‍यालीहरु निस्कन थालेका छन्।

११ बजेबाटै दुबै समूहले भेला भइसकेर कोणसभा गर्ने बताए पनि अहिलेसम्म सकडमा प्रदर्शनकारीको उपस्थिति भने न्यून देखिन्छ।