काठमाडौं, ०६ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २२औँ वार्षिक साधारणसभाले ४.२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कर प्रयोजन समेतका लागि चुक्ता पुँजी १४ अर्ब नौ करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ लाभांश बाँड्ने भएको हो ।
