काठमाडौं, ०३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३०पैसा र बिक्री दर १६६ रुपैयाँ ०४पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३रुपैयाँ ५४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
