एमाले नेतृ ओलीलाई मातृ शोक

२ मंसिर २०८०, शनिबार १६:२७

काठमाडौं, ०२ मंसिर । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।
ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन ।