काठमाडौं, ०१ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आजबेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
