छठपर्वका अवसरमा केराको थोक बजार

३० कार्तिक २०८०, बिहीबार १७:३१

काठमाडौं, ३० कात्तिक । गौशाला बजारमा छठपर्वका अवसरमा केराको थोक बजार लागेको छ।

जिल्लाकै प्रमुख व्यापारी केन्द्रका रूपमा रहेको गौशाला बजार छठपर्वका लागि चाहिने केरा खरिद गर्न टाढा–टाढाबाट ग्राहकहरू आउने गर्दछ।

बारा, चितवन, नवलपरासी, मोरङ जिल्लाबाट आएका व्यापारीहरू यहाँ थोक दरमा केरा बिक्री गर्दै आएको छ। अन्य बजारको तुलनामा यस बजारमा सस्तोमा केरा खरिद गरेको धनुषा बटेश्वरका अशेश्वर महतोले बताए।