काठमाडौं, ३० कात्तिक । चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा गरेको छ।
वाङ नाइमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमा अल आउट भयो। नेपालका लागि रुबिना क्षेत्री वेलवासेले सर्वाधिक २५ रन बनाइन्। रुविनाले ३० बलमा ४ चौका प्रहार गर्दा बोल्ड आउट भइन्। सीता रानामगर क्याच आउट भइन्।
हङकङविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि रुविनाबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपाललाई कम स्कोरमा रोक्न हङकङकी इकार सहारले ३ विकेट लिइन्। रुचिथा वेंकटेशले २ विकेट लिइन्। मारिको हिल र केरि चानले समान एक विकेट लिए।
कञ्चनको डेब्यु
नेपाली राष्ट्रिय टोलीमा विकेटकिपर कन्चन श्रेष्ठले डेब्यु गरेकी छन्। बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेलिरहेकी कञ्चनले ओपनिङ र मध्यम दुवैमा ब्याटिङ गरिरहेकी छन्।
