फिफा विश्वकप छनोट : आज नेपालले यूएईसँगै प्रतिस्पर्धा गर्दै

३० कार्तिक २०८०, बिहीबार ०९:००

काठमाडौं, ३० कात्तिक । फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणमा लाओसलाई पराजित गरेको नेपालले आज छनोटको दोस्रो चरणमा यूएईको सामना गर्न लागेको हो ।

लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २–१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।
यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् ।

नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।