भूकम्प पीडितहरूका लागि नेनेसपाको १० लाख सहयोग

२७ कार्तिक २०८०, सोमबार १२:२८

काठमाडौं, २६ कात्तिक । जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाल समाजवादी पार्टी (नेसपा) ले आज १० लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ।

घोषणाअनुरूप अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरू आज बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाखको चेक दिएका हुन्।

भूकम्प पीडितको सहयोगका लागि १० लाख चेक हस्तान्तरण गर्न बालुवाटार पुगेका नेसपा नेताहरु प्रधानमन्त्री प्रचण्डसँग।

भूकम्प पीडितको सहयोगका लागि १० लाख चेक हस्तान्तरण गर्न बालुवाटार पुगेका नेसपा नेताहरु प्रधानमन्त्री प्रचण्डसँग।

यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाजति घाइते भएका छन्। हजारौँ परिवार घरबासविहीन भएका छन्।

भूकम्पपीडितका लागि विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिबाट सहयोग गर्ने क्रम जारी छ।